जनकपुरधाम, चैत २५
प्रदेश २ बाट १ सय ३ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ ।
प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफिङ मार्फत उक्त जानकारी दिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर २ का सचिव रामप्रसाद घिमिरेले मिडिया ब्रिफ मार्फत दिएको जानकारी अनुसार प्रदेश २ मा हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ । यसैगरी, १२ सय १३ जनालाई होम क्वारेनटाइनमा राखिएको छ ।
मिडिया ब्रिफिङमार्फत उनले भने, ‘नेपाल सरकारले लागू गरेको लक डाउनलाई पूर्णरुपमा पालन गराउन सुरक्षा निकाय र स्थानीय सरकारकाहरुले भारतीय सीमा क्षेत्रमाउच्च सतर्कता सावधानी अपनाई रहेका छन् । खुला सीमाका कारण लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गर्दे सीमा क्षेत्रमा सुरक्षाका हर संभव प्रकृयाहरुलाई कार्यान्वय नगरिएको छ ।’
भारतहुँदै सप्तरी जिल्ला स्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जना नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले जनाए । गत चैत २३ गते रातको समयमा नेपालप्रवेश गरिरहेका पाँचजनालाई चैत्र २४ गते स्थानीय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईमा राखिएको जानकारीउनले दिए। उनकाअनुसार पाँचजनामध्ये तीन जना मुस्लिम समुदाय सम्वद्ध तकलिवी जमात अर्थात धार्मिक भेलाकालागि नेपालबाट भारत गएको बुझिएको छ । पाँचजनामध्ये एक÷एकजना डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ र ५ का नागरिक रहेको र वाँकी ३ जना वडा नम्वर ७ का रहेको खुल्नआएको छ ।
प्रदेशनम्वर २ अन्तर्गत भारतसँग सीमा जोडिएका १०९ वटै नाकाहरु पूर्ण रुपमाबन्द रहेको घिमिरेले जानकारी दिए । अतिआवश्यक सामाग्रीहरुको आयात तथा निर्यातलाई निर्वाधरुपमा चल्न दिने नेपाल सरकारको निर्देशन अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न भन्सारबाट मालवाहक सवारीका साधनहरु नेपालभित्रि रहेका छन् । जस अनुरुपसोमबार चैत्र २४ गते पर्सा जिल्ला स्थित एकीकृत भन्सार जाँचचौकीबाट १ सय ६४ वटा मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका छन् भने १ सय७ वटा खाली सवारीका साधनहरु भारत गएका छन् ।
कृषहरुबाट उत्पादित कृषि उत्पादनलाई बजार तथा उपभोक्तासम्म पु¥याउन प्रदेश नम्वर २ को भूमीब्यवस्था कृषितथा सहकारी मन्त्रालयले विभिन्न कार्यहरु गरिरहेको उनले बताए । प्रदेशमा रहेका कृषि सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई विउविजन, तथा चल्ला, अण्डा, तरकारी र दुध जस्ता छिटै नाशहुने बस्तुहरु र पशु स्वास्थ्य सेवा सम्वद्ध सेवाहरु निरन्तर सञ्चालन गर्न आह्वान गरिएको छ ।
डि.डि.सी ढल्केबर र सहकारी युनियनको सहयोगमा किसनाले उत्पादन गरेका तरकारी, दुध र दग्धजन्यपदार्थहरु मोवाईल भ्यानतथा डिडिसिका ३० वटा आएटलेट मार्फत बजार वाउभोक्तासम्म पु¥याउने कार्य भइरहेको उनले जनाए । कोरोना भाइरस नियन्त्रणका लागि सरसफाईको प्रभावकारी भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै यस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पीउने पानीको सहजआफूर्तिलाई प्रभावकारी रुपमाकार्यान्वयनगरिरहेको छ भने यसै साताबाट क्वारेन्टाईन र अस्पताल क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालनगर्न गइरहेको जानकारी दिए।