neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रशासनलाई झुक्याई सवारी पास बनाउने तीन जना पक्राउ

प्रशासनलाई झुक्याई सवारी पास बनाउने तीन जना पक्राउ

Apr 7th, 2020

ललिपुर, चैत २५

प्रशासनलाई झुक्याई सवारी पास बनाउने तीन जना पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरले झुठा पास बनाएको अभियोमागमा सप्तरी जिल्ला सुरुङ्गा न.पा. वडा नं ६ महोलिया बस्ने वर्ष ४५ शुभ नारायण चौधरी, सप्तरी जिल्ला कै सुरुङ्गा न.पा. वडा नं ६ महोलिया बस्ने वर्ष ३० जितेन्द्र प्रसाद चौधरी र सप्तरी जिल्ला कै सम्भुनाथ न.पा. वडा नं ५ बस्ने वर्ष ४६ नरेश चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सप्तरी जिल्ला सुरुङ्गा न.पा. वडा नं ६ महोलिया स्थायी घर भई हाल ललितपुर जिल्ला म.न.पा. ३ पुल्चोक बस्ने शुभनारयण चौधरीले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्ने जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठा बिबरण पेश गरी मिति २०७६।१२।२४ देखि ऐ. २५ गते सम्मको लागि ३-०८-००५ ख ९१९८ नं भएको बसको पास लिईएको उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरी तर्फ जान लागेको अवस्थामा प्रहरी प्रभाग पुल्चोकले नियन्त्रणमा लिई उक्त सवारीको पास सम्बन्धमा अनुसन्धान गर्दा शुभ नारायण चौधरीले घरमा जानको लागि आमाको मृत्यु भएको भनि झुठा बिबरण पेश गरेको खुल्न आएकोको थियो ।

प्रहरीका अनुसार उक्त सवारी साधन र निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी राखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi