neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपाको सचिवालय मङ्गलबार,कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने

नेकपाको सचिवालय मङ्गलबार,कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने

Apr 6th, 2020

काठमाडौँ, २४ चैत (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो ।