neapl investment mega bank
  • गृहपृष्ठ
  • पुल र नदी नियन्त्रणका निर्माण कार्यलाई निरन्तरता दिने महासंघको आग्रह

पुल र नदी नियन्त्रणका निर्माण कार्यलाई निरन्तरता दिने महासंघको आग्रह

Apr 6th, 2020

काठमाडौ, चैत २४

नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदी नियन्त्रणका निर्माण कार्यलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिरहेको कोराना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लक डाउनका कारण पुल तथा नदी दिनियन्त्रणका निर्माण कार्यहरु गर्न हाल असहज रहेकाले सहज वातारण बनाई दिन महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारसंग आग्रह गरेको हो ।

महासंघले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशभर मितिः २०७६/१२/११ गते देखि २०७६/१२/२५ गतेसम्म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार भएको लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु पनि ठप्प रहेको व्यहोरा सबैमा विदितै छ । यो समय निर्माण व्यवासायीहरुको लागि काम गर्ने सिजन भएको हुँदा व्यवसायीहरुले आ–आफ्नो परियोजना स्थलहरुमा आवश्यक पर्ने सबै निर्माण सामग्रीहरु आपुर्र्ती गरिसकेकाछन । अन्य निर्माण कार्यहरु समय अनुसार गर्दा पनि हुने तर नदिमा निर्माण हुने पुल र नदी नियन्त्रणका निर्माण कार्यहरु वर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माणकार्य तत्काल सुरक्षा अपनाई निरन्तरता दिन सहयोग गरिदिनका लागि महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

निर्माण व्यवसायीहरुले पुलनिर्माणका लागि आफ्नो अबौंको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत ढुवानी गरिसकेको महासंघका महासविच रोशन दाहालद्घारा जारी विज्ञप्तीमा उल्लेख छ । पुलनिर्माणको लागि निर्माण व्यवसायीहरुले स्लाव ढलान गर्ने फर्मा राखि रड समेत बाँधि सकेको र प्रिस्टेज पुल निर्माणको लागि टेण्डम तार जडानगरि सकेका यस्ता किसिमका निर्माण कार्य वर्षा शुरु हुनु भन्दा आगाडी नै गर्न अति आवश्यक रहेकोले वर्षा शुरु भएपछि उत्त mकार्यहरु गर्न नसकिने र व्यवासायीहरुको अबौंको लगानी डुब्ने खतरा समेत रहेको हुँदा स्वास्थ्य सुरक्षा अपनाई ती कार्यहरु संचालनमा ल्याउन अति आवश्यक रहेका महासंघले बताएको छ । ती परियोजनाहरुको निर्माण स्थलमा सिमित श्रमिकहरु हुने र निश्चित क्षेत्र भित्र रहने भएकोले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने महासंघको भनाई छ । यो आर्थिक वर्षको वर्षायाम शुरु हुनु अगावै यस्ता पुल लगायतका संवेदनशिल क्षेत्रमा गरिने नदि नियन्त्रणका निर्माण कार्यहरु आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसार सावधानी सहित यथासंभव चाँडो निरन्तरता गरिदिन महासंघले सरकार संग आग्रह गरेको छ । साथै पुल निर्माणको लागि आवश्यक पर्ने टेण्डम तार तान्ने मेसिन लगायतका उपकरणहरु र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्न वस्तुको ढुवानी गर्न, पुलका प्राविधिकहरु र मजुदरहरुको आवतजावतको लागि अनुमति पासको व्यवस्था गरिदिन पनि महासंघले नेपाल सरकार संग आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi