neapl investment mega bank

भोका डोल्पालीलाई सांसदको राहत

Apr 6th, 2020

डोल्पा, २४ चैत(रासस)

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गर्नुभएको छ । कोभिड–१९ विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर भोकभोकै रहेका डोल्पावासीलाई सांसदले खाद्य सामग्री वितरण गर्नुभएको हो ।

उपचारका लागि काठमाडौँ गएका डोल्पाली लकडाउनपछि अलपत्र परेका थिए । पूर्वराज्यमन्त्री बुढाले जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिंहका तीन जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाका ६ जनाको परिवारलाई नुन, चामल, तेल, दाल, मसलालगायत खाद्य पदार्थ वितरण गर्नुभएको हो । “उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नुपरेको थियो, सांसद बुढाको सहयोग पायौँ, ठूलो राहत महसुस गरेका छौँ”, राहत थाप्दै कमलाले भन्नुभयो ।

डोल्पाली भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरीद गरेर वितरण गरिएको सांसद बुढाले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi