neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा सहयोग

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा सहयोग

Apr 5th, 2020

काठमाडौ, चैत २३

बिभिन्न जिल्लाका चेम्वर अफ कर्मशले कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । जसअनुुसार दाङ चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार हस्तान्तरण गरिएको हो । यसका साथसाथै सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको छ ।

यसैगरी चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी रु ५१ हजार हस्तान्तरण गरिएको छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई दुई सय थान मास्क वितरण गरिएको चेम्वरले जानकारी दिएको छ ।