neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश नं. ५ : अधिकांश तहमा सकिया पहिलो चरणको राहत वितरण

प्रदेश नं. ५ : अधिकांश तहमा सकिया पहिलो चरणको राहत वितरण

Apr 5th, 2020

युवराज पाण्डे खस्यौली, २३ चैत (रासस)

रुपन्देहीका अधिकांश स्थानीय तहले लकडाउनका कारण प्रभावित वर्गलाई पहिलो चरणको राहत वितरणको काम सकेका छन् ।

जिल्लाको सैनामैना नगरपालिकामा २ हजार ८ परिवारलाई १४ हजार ७६२ किलोग्राम चामल, २ हजार ८ किलो दाल, २ हजार ८ किलो नून, २ हजार ८ लिटर खाने तेल र २ हजार ८ थान हात धुने साबुन वितरण भएको छ । सो नगरपालिकाका सूचना अधिकारी केशव अर्यालका अनुसार कूल ११ वडा रहेको सो नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ मा २७२ र सबैभन्दा कम वडा नं ७ मा ७८ परिवारलाई राहत वितरण गरिएको छ ।

शुद्धोधन गाउँपालिकामा ८०० घर परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नून वितरण भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिनुभयो ।
कञ्चन गाउँपालिकामा ९९७ परिवारलाई १५० क्विन्टल चामल, प्रतिपरिवार १५ किलोग्राम, १ हजार किलो दाल, १ हजार लिटर तेल, १ हजार किलो नुन र १ हजार थान हात धुने साबुन वितरण भएको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । “अझै छुट भएका १५० परिवारलाई पुनः वितरण गर्ने तयारीमा छौ” उहाँले भन्नुभयो ।

सिद्धार्थनगर नगरपालिका, भैरहवामा १ हजार ७४३ परिवारलाई अहिलेसम्म १२ हजार २८० किलो चामल, १–१ किलो, दाल, नून र १ लिटर तेल वितरण भएको छ । बाँकी रहेका १८१ परिवारलाई आज वितरण गर्ने तयारी रहेको बताइएको छ ।

सीयारी गाउँपालिकामा ७०० घरपरिवारलाई राहत वितरण गरिएको छ । १०० क्विन्टल चामल, १३ क्विन्टल दाल, १२ क्विन्टल, नून वितरण भएको अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो । हामीले पहिलो चरणको राहत वितरणपछि दोस्रो चरणको तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्न नदिन लकडाउन गरेपछि दैनिक ज्यालादारी र मजदुरी गर्ने र छान टार्न समस्या हुने विपन्न समुदायका व्यक्तिलाई सबै स्थानीय तहले विपद् तथा प्रकोप वयवस्थापन कोषबाट राहत वितरण गरेका हुन् । जिल्लामा रातह पाउने अधिकांश दलित, थारु, मधेसी, मुसहर, हरुवा, चरुवा छन् ।
(कमल रायमाझीको सहयोगमा)

aadharbhumi
aadharbhumi
aadharbhumi