neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

Apr 4th, 2020

काठमाडौँ, २२ चैत(रासस)

नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२ किरणलाल श्रेष्ठले गर्नुभएको छ ।

नेपालका विभिन्न स्थानमा रहेका १२४ क्लबका रोटरियनहरुले स्थानीयस्तरमा मास्क, खाद्यान्न, पिपिई, स्यानिटाइजर र कीटनाशक औषधि वितरण एवं सार्वजनिकस्थलमा हात धुने स्थान निर्माण तथा स्थानीय सरकारसँग मिलेर आइसोलेशन वार्ड र कोरोना सूचना केन्द्र निर्माण गरिरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।