neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग संवाद

प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग संवाद

Apr 4th, 2020

काठमाडौँ, २२ चैत (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राख्नुभएको हो । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाउनुभएको छ ।