काठमाडौँ, २२ चैत
नेपालमा कोरानाको थप ३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यो सँगै संक्रमितको संख्या ९ पुगेको छ ।
भारतबाट फर्किएका दुई जनामा कोरोना भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन् । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।