neapl investment mega bank

भिरबाट लडेर मृत्यु

Apr 4th, 2020

काठमाडौं, २२ चैत

बैतडी, पाटन नगरपालिका-९ सल्लेबासा बस्ने ४० वर्षीया निर्मला महराको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो सोही ठाउँस्थित गौलासैन भिरमा खानेपानीको पाईप लाईनमा काम गरिरहेको अवस्थामा भिरबाट लडेर गम्भीर घाइते भएकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताप्लेजुङ, मिक्वाखोला मेरिङदेन गाउँपालिका-६ भिलाम बस्ने १८ वर्षीया दिकी शेर्पाको मिक्वाखोला गाउँपालिका-५ बल्देनस्थित भिरबाट लडेर मृत्यु भएको छ । मंगलबार घरबाट घाँस काट्न जंगल जान्छु भनी हिँडेकी उनी बेलुकासम्म घर फर्की नआएकीले खोजी गर्ने क्रममा बिहीबार सोही ठाउँस्थित सेनिमा भिरबाट करिब ३ सय ५० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।