neapl investment mega bank

मस्तिष्काघातबाट वडाध्यक्षको निधन

Apr 3rd, 2020

भद्रपुर, २१ चैत (रासस)

झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको आज मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

बिहीबार घरमै बेहोस भएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर जानुभएको छ । तुम्बापो तत्कालीन नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi