neapl investment mega bank

इसेवामाथिको प्रहार न्योचित छैन

Apr 3rd, 2020

काठमाडौँ, २१ चैत (रासस)

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले समाचार पोर्टलको समाचार हटाइएको विषयमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै नियोजित रुपमा भइरहेको प्रहार कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइनपोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारेको हो ।

विगत ११ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इसेवाले शुरुआती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेको स्मरण गराउँदै इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको बताएको छ । ‘इसेवाको संरचना, प्रविधि तथा सेवाहरु राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको आमग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्नअत्यन्त संवेदनशील र प्रतिबद्ध छौँ’, विज्ञप्तिमा भनिएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारी ‘वर्क फ्रम होम’अन्तर्गत २४ सैँ घण्टा सेवामा कटिबद्ध रहेको र अहिलेको परिस्थितिमा नगदरहित भुक्तानीलगायतका सेवा अझ प्रभावकारी बनाउन लागि परेको कम्पनीले उल्लेख गरेको छ ।