काठमाडौ, चैत २१
विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेकाछन ।
जसअनुुसार नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालबाट नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा पाँच हजार थान माक्स हस्तान्तरण गरिएको छ । यसैगरी गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यन्न सहयोग गरेको छ । यसले एक टन चामलको सहयोग गरेको छ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पनि आगलागी पिडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ । यसैगरी देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको छ ।