neapl investment mega bank
  • गृहपृष्ठ
  • सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पिपिई हस्तान्तरण

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पिपिई हस्तान्तरण

Apr 3rd, 2020

काठमाडौ, चैत २१

सनराइज बैंकले प्रादेशिक कार्यालय मार्फत पिपिई हस्तान्तरण गरेको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको र उनीहरुको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको हो ।

बैकका अनुसार जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई
सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण (पिपिई) गरेका हुुन । यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पिपिई हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई हस्तान्तरण गरेका हुन ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी (पिपिई) उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।