काठमाडौ, चैत २१
नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
सो रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा पाँच पाँच लाखको दरमा सहयोग गरिने बैंकले जानकारी दिएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्ने जनाएको छ ।