काठमाडौ, चैत २०
कोरोना भाइरसले (कोभिड १९)बिश्व नै अक्रान्त बनेको छ । नेपाल लगायत विश्वका १९९ देशहरुमा यो भाइरस फैलिसकेको छ , बिश्वमा करीव ४८हजार मानिसहरुको अकालमा ज्यान गइसकेको छ भने दशौ लाख मानिसहरु यस महामारीको चपेटामा परिसकेको अवस्था छ । यस घडीमा नेपालमा पनि सरकारी तथानीजि संघ संस्था तथा व्यक्तिहरुले आाफनो ठाउँबाट आर्थिक तथा जिन्सी सहयोग सरकारी कोष, स्थानीय सरकारको कोषमा सहयोग भइरहेको छ । यसै सहयोगलाई निरन्तरता दिदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थपमजबुद बनाउनुु गेरुवा गाउँपालिका वडा नं. ४ गोविन्दपुर निवासी , समाजसेवी, बुद्धिजीवि एवं युवा व्यवसायी हरपल फड्स प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो ।
उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान हो ।