neapl investment mega bank

दाङमा एक हजार सवारी साधन कारवाहीमा

Apr 2nd, 2020

घोराही, २० चैत (रासस)

दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार÷चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi