neapl investment mega bank

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Apr 2nd, 2020

काठमाडौं, २० चैत

मकवानपुर, मनहरी गाउँपालिका-९ स्थित सडकमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने ३० वर्षिया बिन्दा घिमिरेको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान ३३ वर्षीय लिलामणि घिमिरेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-८ स्थित सडकमा से.६ प १९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-९ बिचफाटा बस्ने २६ वर्षीय दिपक सुनारको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi