neapl investment mega bank
  • गृहपृष्ठ
  • सुन आयातको दैनिक आयात कोटा १० केजी मात्र

सुन आयातको दैनिक आयात कोटा १० केजी मात्र

Apr 2nd, 2020

काठमााडौ, चैत २०

आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई राष्ट्र बैंकले हालको लागि १० केजीमा सिमित रहेको छ । राष्ट्र बैकले कोराना भाईरस कोविड १९ को बिश्वव्यापी महाहारीका कारण बिश्व अर्थतन्त्र नै समस्यामा परेसंगै सुनको दैनिक आयात कोटा घटाएको हो ।

यसैगरी राष्ट्र बैंकले अमेरिकी डलर ५० हजार भन्दा बढीको सवारी साधन पैठारीलाई अर्को व्यवस्था नभएसम्मको लागि पुर्णरुपमा बन्देज लगाए संगै सो कार्यमा बिदेशी मुुद्राको सटही सुबिधा बन्द गरेको छ । बाँणिज्य बैकहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले बुुधबार बाँणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।