neapl investment mega bank
  • गृहपृष्ठ
  • स्यानिटाइजर कालोबजारी गरेको अभियोगमा पक्राउ

स्यानिटाइजर कालोबजारी गरेको अभियोगमा पक्राउ

Apr 1st, 2020

बर्दिया, १९ चैत

स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका(५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण उत्पन्न बिषम परिस्थितिमा मेडिकल सामाग्री स्यानिटाइजर हालको बजार दररेट भन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi