neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिलिटर १० ले घट्यो डिजेल र पेट्रोलको मूल्य

प्रतिलिटर १० ले घट्यो डिजेल र पेट्रोलको मूल्य

Apr 1st, 2020

काठमाडौँ, १९ चैत

नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ ।

त्यस्तै  हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।