neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ मन्त्रालयद्धारा र्यापिड टेष्ट कीटबारे माध्यमहरुमा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण

स्वास्थ मन्त्रालयद्धारा र्यापिड टेष्ट कीटबारे माध्यमहरुमा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण

Apr 1st, 2020

काठमाडौं, चैत १९

र्यापिड टेष्ट कीटबारे विभिन्न सञ्चार माध्यामहरुमा प्रकाशित प्रसारित समाचारहरुप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका बिज्ञ सल्हाकार डा. खेम बहादुर कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, हिजो मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट कीटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्याममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो ।

सरकारले ल्याएको र्यापिड टेष्टकीटकोे गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जन गुनासो आउने वित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो । सरकारले खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलााई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्वन्धित नियायबाट प्रमाणित भैसकेपछि मात्र प्रयोगको लागि वितरण हुने हो ।

सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्टकीट प्रयोग गरी स्त्र्रmीनिङ्ग गर्ने र संकास्पदहरुको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तराष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको हो । अहिले युरोप, अमेरिकाले पनि यहि विधि मार्फत नै परिक्षण गरिरहेका छन् ।

गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड कीटको प्रयोग नगर्न निर्देशन दिएको हो । यो संकटको बेला सबैको साथ सहयोगको आवश्यकता छ । कुनैपनि समाचारलाई पुष्टि गरेर मात्र प्रकाशन प्रसारण गरिदिन पनि हार्दिक अनुरोध छ, बिज्ञप्तीमा भनिएको छ ।