काठमाडौं, चैत १९
विभिन्न जिल्लाका चेम्बर अफ कर्मसले कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । जसअनुुसार सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले दुई हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका , नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल , नमुना सामुदायिक अस्पताल ,ईलाका प्रहरी कार्यालय भोटेवडार , ईलाका प्रहरी कार्यलय सुन्दर बजार ,भोटेवडार शहरी स्वस्थ्य क्लिनिक,सर्बोदय सेवा आश्रम ,मानव सेवा आश्रम बेशिसहर ,१२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क बितरण गरेको छ ।
यसैगरी वांके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ भने घोराही चेम्वर अफ कमर्सले मास्क बितरण गर्ने कार्यक्रम तय गरेको छ । दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क बितरण कार्य गरेको छ । यसैगरी अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकिय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।