काठमाडौं, चैत १९
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथदिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथामतथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५÷५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथदिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेको थियो । यो सँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन ।