neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशबाट आएकाको तथ्याङ्क सार्वजनिक गर्न कामपा प्रमुख शाक्यलाई आग्रह

विदेशबाट आएकाको तथ्याङ्क सार्वजनिक गर्न कामपा प्रमुख शाक्यलाई आग्रह

Apr 1st, 2020

काठमाडौँ, १९ चैत (रासस)

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ महानगरका प्रमुख पदका उम्मेदवार राजुराज जोशीले काठमाडौँमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क र उनीहरुको अवस्थाका बारेमा सार्वजनिक गर्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गर्नुभएको छ ।

उहाँले महानगरका ३२ वटै वडामा कति व्यक्ति हालै विदेशबाट आएका छन् तिनीहरुको तथ्याङ्क सार्वजनिक गरेर क्वारेन्टाइनमा बसेको या नबसेको तथा आइसोलेसनमा लैजान पर्ने भए सो गरेको वा नगरेको बारेमा यकिन गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले मंगलबार एक प्रेस विज्ञप्तिमार्फत महानगरपालिका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाउँदै कोरना भाइरसको सङ्क्रमणका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउनसमेत प्रमुख शाक्यलाई अनुरोध गर्नुभएको छ ।