काठमाडौ, चैत १८
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिसत रकम सरकारी निर्देशन अनुरुप कोभिड १९ सहायता कोषमा योगदान दिइनेछ ।
यो पहलको उद्देश्य दैनिक ज्यालादारीमा कार्यरत मजदुरवर्ग तथा कर्मचारीवर्गलाई सहयोग गर्नु रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको छ, बैकले बिज्ञप्ती मार्फत भनेको छ ।