neapl investment mega bank
  • गृहपृष्ठ
  • रामेछापमा बोलेरो दुर्घटना : २ को मृत्यु, २८ जना घाइते

रामेछापमा बोलेरो दुर्घटना : २ को मृत्यु, २८ जना घाइते

Mar 31st, 2020

काठमाडौं, १८ चैत

रामेछाप, खाँडादेवी गाउँपालिका-१ राकाथुम माझीगाँउमा बा.१४ च ९४९८ नम्बरको बोलेरो गाडी मंगलबार बिहान सडकबाट करिब १ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २८ जनामध्ये २५ जनाको धुलिखेल अस्पतालमा र ३ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi