neapl investment mega bank
  • गृहपृष्ठ
  • निशुल्क खाद्य सामग्री वितरण अभियान ,महानगरीय प्रहरी प्रमुख पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण

निशुल्क खाद्य सामग्री वितरण अभियान ,महानगरीय प्रहरी प्रमुख पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण

Mar 30th, 2020

काठमाण्डौ, चैत १७

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज मानव कल्याणसमाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका, अशक्त,असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नु भयो ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु(चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनुहुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भयो ।