ललितपुर, १७ चैत
गोदावरी नगरपालिका-१० टाखेलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भएका २० वर्षीय मुकेश सुनार र सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष महतोको भिरबाट लडेर मृत्यु भएको छ ।
साईकलमा घर जाने क्रममा बागमती गाउँपालिका-३ झाँक्रीडाँडास्थित भीरबाट लड्दा आइतबार बिहान उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।