neapl investment mega bank

आगलागीमा परी २ जनाको मृत्यु

Mar 30th, 2020

काठमाडौं, १७ चैत

महोत्तरी, मनराशिश्वा नगरपालिका-४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, माडी नगरपालिका-७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राज कुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आगलागीमा परी आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बालेको आगो सल्किन गई घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi