काठमाडौ, चैत १७
राष्ट बैकले कोराना प्रभावित बैक तथा बित्तीय संस्थालाई सहुुलियत दिएको छ । आईतबार बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुुबित्त बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट बैकले सहुलियत घोषणा गरेको हो ।
उक्त घोषणा अनुसार कोरोना भाईरस (कोभिड १९) का कारण बित्तीय क्षेत्रमा परेको असर कम गर्न बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कुुल निक्षेपको तीन प्रतिसत कायम गरे पुुग्ने छ । बैक तथा बित्तीय संस्थालाई प्रचलित ऐनमा उपलब्ध गराउने व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको व्याजदर अर्थात बैंकदर पाँच प्रतिसत नै कायम गरिएको घोषणमा उल्लेख छ । व्याजदर करिडोरको माथिल्लो सिमाकोरुपमा स्थायी तरलता सुबिधा दर पाँच प्रतिसत, नीतिगतदरकोरुपमा रिपो दरलाई तीन दसमलव पाँच प्रतिसत र तल्लो सिमाको निक्षेप संकलन दरलाई दुुई प्रतिसत कायम गरेको छ । यसैगरी बैकले स्थापना गरेको पुर्नकर्जा कोषको सिमा ६० अर्ब कायम गरिएको घोषणामा उल्लेख छ ।
बैक तथा फाईनान्स कम्पनीहरुले २०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्डहरुको समेत) भुक्तानी बिसं २०७७ असार मसान्तसम्मा हुुने व्यवस्था मिलाउनु पर्ने छ । सो किस्ताको हकमा कुुनैपनि किसिमको थप शुल्क वा हर्जाना लिन पाईने छै । किस्ता असुुल नभएको कारणले कर्जालाई तल्लो बर्गमा घोषणा गर्नुु पर्ने छैन । घोषणा अनुसार २०७६ चैत मसान्तसम्ममा ऋणको किस्ता रकम भुक्तानी गर्न आएमा चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक, त्रैमासिक व्याजमा १० प्रतिसत छुुट दिई असुलउपर गर्नुपर्ने छ ।