neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ

Mar 29th, 2020

सुर्खेत, १६ चैत

बीरेन्द्रनगर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु २६ वर्षीय रोशन थापा र प्रेमश्वर कार्की रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरी स्कुटर चालक थापा र स्कुटरमा सवार कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi