neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्याँस लुकाई छिपाई राखेको अभियोगमा पक्राउ

ग्याँस लुकाई छिपाई राखेको अभियोगमा पक्राउ

Mar 29th, 2020

धनुषा, १६ चैत

जनकपुर उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi