neapl investment mega bank
  • गृहपृष्ठ
  • क्रिकेट खेल्ने ब्याटले डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

क्रिकेट खेल्ने ब्याटले डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

Mar 29th, 2020

बारा, चैत १६

परवानीपुर गाउँपालिका ५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका ५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो । व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi