neapl investment mega bank
  • गृहपृष्ठ
  • अबदेखि जीवन बीमा कम्पनीहरुको अनालाईनबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउनुु पर्ने

अबदेखि जीवन बीमा कम्पनीहरुको अनालाईनबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउनुु पर्ने

Mar 29th, 2020

काठमाडौं, चैत १६

जीवन बीमा कम्पनीहरुले अबदेखि अनलाईन मार्फत समेत भुक्तानी गर्नुुपर्ने व्यवस्था मिलाउनुु पर्ने भएको छ । समितीले आज आईतबार जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क बैदेशिक रोजगारीमा जान चाहने ब्यक्तिबाट नगद, चेक बैकका अतिरिक्त अनलाईन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउनुु पर्ने छ । यसैगरी बैदेशिक रोजगारमा जाने सेवाग्राहीको चाप र भौगोलिक समाबेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त गर्ने व्यवस्था जीवन बीमा कम्पनीहरुले गर्नुुपर्नेछ भने बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुुने गरी बीमा लेख जारी गर्दा बिद्यमान कानुुनी व्यवस्था समेतलाई मध्यनजर गरी प्रिन्ट कपी सहित आवस्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख समेत जारी गर्ने व्यवस्था गर्नुुपर्ने छ ।

समितीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सुरक्षा समेतलाई दृष्टिगत गरी निजले श्रम स्वीकृती प्राप्त गरी बिदेश प्रस्थान गर्नुुअघि तीन महिना र बीमा अवधि समाप्त नहुंदै अर्को भिसाको लागि प्रोसेसिङ गर्न लाग्ने तीन महिना समेत गरी थप छ महिना मात्र समयवधी रहने भएकाले बीमा शुल्क निर्धारण गर्दा छ महिनाको समानुुपातिकरुपमा संकलन गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।