neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Mar 29th, 2020

बर्दिया, १६ चैत

गुलरिया नगरपालिका-५ बाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई ७ हजार ८ सय ७० रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका-५ सैलहवा बस्ने २७ वर्षीय तुल्सीराम चौधरी, २० वर्षीय प्रमोद थारु, २८ वर्षीय सन्तराम थारु, ३३ वर्षीय हेमराज थारु, ४२ वर्षीय प्रेमराज थारु, २० वर्षीय कन्हैया थारु, ३१ वर्षीय राजेश थारु, ३२ वर्षीय रोहित थारु, ३८ वर्षीय रमेश थारु र ३१ वर्षीय दयाराम थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi