neapl investment mega bank
  • गृहपृष्ठ
  • कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने

कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने

Mar 29th, 2020

काठमाडौँ, १६ चैत

काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हँुदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गर्नुभयो ।

केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गर्नुभयो । फोन आएपछि तत्काल कामपाको फोहर संकलन गर्ने सवारी साधन आउने उहाँले ठोकुवा गर्नुभयो । फोहर मात्रै नभई अहिलेको विषम परिस्थितिमा स् अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न पनि उहाँले सबै नागरिकलाई आग्रह गर्नुभयो ।

विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गर्नुभयो । उहाँले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

कामपाले कोभिड–१९ थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई पनि तीव्र बनाएको छ । यसक्रममा बिहीबार बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज, वसन्तपुर र यसका आसपास भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख शाक्यका अनुसार बाक्लो बस्ती, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो ।

सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले औषधि छर्न शुरु गरेको हो । कामपाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ । मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका स्थान असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा औषधि छर्कने कार्यको शुरुआत भएको हो ।

कामपाले अहिले दैनिक चार हजार लिटर क्षमताका दश ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार ट्याङ्कर थप गर्न सकिने सापकोटाले बताउनुभयो । प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो । यससँगै कामपाले ब्रुमरले सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ । आवश्यक पर्दाका समयमा खबर गर्नका लागि कामपाका सबै वडाध्यक्षको फोन नम्बर सार्वजनिक गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi