neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ

एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ

Mar 29th, 2020

पर्सा, चैत १६

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको एपिएफले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi