neapl investment mega bank
  • गृहपृष्ठ
  • गाउँका सबै वडा अध्यक्षहरुसंग नगर प्रमुख सरावगीको छलफल , लकडाउनलाई व्यवस्थी गर्दै कोरोनाको संक्रमणलाई रोक्न प्रत्येक वडालाई ५० हजार प्रदान

गाउँका सबै वडा अध्यक्षहरुसंग नगर प्रमुख सरावगीको छलफल , लकडाउनलाई व्यवस्थी गर्दै कोरोनाको संक्रमणलाई रोक्न प्रत्येक वडालाई ५० हजार प्रदान

Mar 29th, 2020

वीरगञ्ज,चैत १६

वीरगञ्ज महानगरपालिकामा रहेका १६ बटै गाउका वडा अध्यक्षसगं नगर प्रमुख विजय कुमार सरावगीले छलफल गरेकाछन ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना रोगको सक्रमणंबाट आम समुदायलाई बचाउन वीरगञ्ज महानगरपालिका तथा सरकारले घोषणा गरको लकडाउनलाई अझ व्यवस्थीत गर्न वीरगञ्ज महानगरपालिकाका पदाधिकारीहरु बिच छलफल भएको हो । वीरगञ्ज महानगरपालिकाको जगनाथपुरको बगैचामा भएको छलफलमा लक डाउनको कारण उत्पन्न भएका कठिनाइहरुलाई सहज बनाउदै कोरोनाको संक्रमणबाट महानगवासीलाई अझ सुरक्षित बनाउने बारे छलफल भएको जनाइएको छ । वडा नम्बर १७ देखि ३२ नम्बरका बडा अध्यक्षहरुसगं आयोजना गरिएको छलफलमा लकडाउनको कारण जनतालाई दैनिक उपभोग्य सामग्रीमा भइरहेको कठिनाइलाई सहज बनाउने बारे छलफल भएको थियो ।

ग्याँस, खाद्य तथा तरकारीलगायका सामग्रीहरुलाइ हरेक गाउमा पुर्याउने कार्यलाई व्यवस्थितरुपमा सचालनको जिम्मा वडाका प्रतिनिधिहरुलाई दिदै कारोना सक्रमण रोकथामको लागि प्रत्येक वडा कारोना महामारी रोकथाम समितिलाई रु ५० हजार उपलब्ध गराउने कार्यलाई अगाडि बढाइएको नगर प्रमुख सरावगीले बताएकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi