neapl investment mega bank

लकडाउन अवज्ञा गर्ने थुनिए रङ्गशालामा

Mar 28th, 2020

कास्की, १५ चैत(रासस)

कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् । प विनाकाम लकडाउन आदेशको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई आज पोखराका विभिन्न स्थानबाट पक्राउ गरी रङ्गशालाभित्रको भलिबल प्रशिक्षण कोर्ट र बास्केटबल कोर्टमा लगेर राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

प्रहरीले पक्राउ परेकाहरुलाई आइन्दा लकडाउन अवधिमा विनाकाम नहिँड्ने शर्तमा उनीहरुको परिचय राखेर छाड्ने जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi