neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआईसी बैंकद्वारा पाँच स्थानमा सहायता केन्द्र सञ्चालन

एनआईसी बैंकद्वारा पाँच स्थानमा सहायता केन्द्र सञ्चालन

Mar 28th, 2020

लहान, १५ चैत्र (रासस)

कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।

टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेशका आठ वटै जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभर लक डाउन गरेपछि समस्यामा परेका ग्राहकले घरभित्रबाटै आफ्ना गुनासा राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख साहले बताउनुभयो । बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।