neapl investment mega bank

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

Mar 28th, 2020

झिमरुक, १५ चैत (रासस)

प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पु¥याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत सङ्कलन गरी खाद्यान्न दिने उहाँले बताउनुभयो । पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० केजीसम्म चामल र पाँच केजी दाल दिइनेछ । कोरोना सङ्क्रमण बढेका समयमा नेपालसँगै जिल्ला नै लकडाउन भएका समयमा काम गर्न नपाएका मजदुरलाई केही राहत प्रदानका लागि यो निर्णय गरिएको हो । पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने शर्माले बताउनुभयो । वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरिने छ ।

नौबहिनी गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलनको कामसमेत गरेको छ । पलिकाका आठ वडामा १५० व्यक्ति गाउँमा आएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । अन्य मुलुकबाट पालिका क्षेत्रमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरेको उहाँको भनाइ छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi