neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार तातोपानी नाका हुँदै नेपाल भित्रने

चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार तातोपानी नाका हुँदै नेपाल भित्रने

Mar 27th, 2020

मेलम्ची, १४ चैत(रासस)

चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।
बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

रु १८ लाख जम्मा हुने

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा

सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ ।
काठमाडाँैबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

‘लकडाउन’ पूर्ण कार्यान्वयन

सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।