neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना भाईरस रोकथामको लागि मुख्यमन्त्री राईद्धारा छलफल

कोरोना भाईरस रोकथामको लागि मुख्यमन्त्री राईद्धारा छलफल

Mar 27th, 2020

विराटनगर, चैत १४

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिएकाछन ।

मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिएकाछन । त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराएकाछन ।

उनले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय लिएकाछन । बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठकमा उनिहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने बताए ।