neapl investment mega bank
  • गृहपृष्ठ
  • साईप्रसमा रहेका नेपाली बिद्यार्थीको लागि तीन सय युरो सम्म पठाउन मिल्ने : राष्ट्र बैंक

साईप्रसमा रहेका नेपाली बिद्यार्थीको लागि तीन सय युरो सम्म पठाउन मिल्ने : राष्ट्र बैंक

Mar 27th, 2020

काठमाडौ, चैत १४

साईप्रसमा रहेका नेपाली बिद्यार्थीहरुको लागि तीन सय युरोसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट बैकले गरेको छ । आज शुुक्रबार बाँणिज्य बैंक र राष्टियस्तरका बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे राष्ट बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो व्यवस्था अनुसार साईप्रसमा बस्ने नेपाली बिद्यार्थीहरुको हकमा तीन सय युरो सम्मको परिर्वत्य बिदेश मुुद्रा पठाउन सकिने भएको छ । नेपाल राष्ट बैंकको बिदेशी बिनियम नियमित गर्ने ऐक २०१९ अनुसार बाँणिज्य बैक तथा राष्टियस्तरका बिकास बैंकहरुले साईप्रसमा रहेका नेपाली बिद्यार्थीहरुले पाउने गरी नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन लेटर र सर्टिफिकेट बिना पनि रकम पठाउन सक्ने व्यवस्था गरेको हो ।

यो सुबिधाको लागि पठाएको रकम प्राप्त गर्ने व्यक्ति हाल साईप्रसमा रहेको हुुनुुपर्ने, बिद्यार्थीको निर्वाह शुल्क बापतको रकम पठाउँदा उक्त बिद्यार्थी साईप्रसमा अध्ययन गरिरहेको कागजात सहित बैंक तथा बित्तीय संस्थाहरुमा निवेदन पेस गर्नुुपर्नेै छ । परिपत्रमा उल्लेख भए अनुसार रकम पठाउँदा बढिमा तीन सय युरो वा सो बराबरको परिर्वत्य बिदेशी मुुद्रा मात्र पठाउन सकिने छ । साईप्रसस्थित रकम प्राप्त गर्ने बिद्यार्थीका अभिभावक वा आफन्तले मात्र यसरी रकम पठाउन पाउनेछन ।

सटही सुबिधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा बित्तीय संस्थाहरुबाट यस प्रकारको सटही सुबिधा नलिएको स्वघोषणा गर्नुुपर्ने छ । परिपत्रमा उल्लेख भए अनुसार यसरी प्रदान गरिने सटही सुबिधा सम्वन्धी बिवरण महिना समाप्त भएको सात दिन भित्र सम्वन्धीत बैंकले नेपाल राष्ट बैंकको बिदेशी बिनिमय बिभागमा दिनुु पर्ने छ । यस्तो रकम दुुरुपयोग भएको पाईएमा सम्वन्धीत अभिवाक वा आफन्त जिम्वेवार हुुनुपर्ने निर्देशिकामा उल्लेख छ ।