neapl investment mega bank

कालोबजारी गरेको अभियोगमा पक्राउ

Mar 27th, 2020

पर्सा, चैत १४

वीरगंज महानगरपालिका १ छप्कैयाबाट कालोबजारी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जगनारायण पटेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनको लागि खटिएको प्रहरीले पटेलले बजार मूल्य भन्दा दोब्बर, तेवर मूल्यमा आलु र प्याज कालोबजारी गरी बेचिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।