सिँजा, १३ चैत(रासस)
जुम्ला, तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो देखिएसँगै आइसोलेशनमा राखिएको छ । जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ । दुईतीन दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई नाप्दा कोरोनाको लक्षणसँंग मिल्दोजुल्दो भएपछि आशङ्कामा आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिनुभयो । बालकलाई कोरोनाको प्रतिवेदन नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।।