neapl investment mega bank
  • गृहपृष्ठ
  • विष्फोटन सम्बन्धी घटनाका फरार प्रतिवादी पक्राउ

विष्फोटन सम्बन्धी घटनाका फरार प्रतिवादी पक्राउ

Mar 26th, 2020

धनुषा, १३ चैत

विष्फोटन सम्बन्धी घटनाका फरार प्रतिवादी धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

२०७६ मंसिर २८ गते क्षिरेश्वरनाथ नगरपालिका-५ कुचियाही टोल बस्ने राजेश साह ९मृतक० को घरमा विष्फोटन भएको घटनाका फरार प्रतिवादी खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।