काठमाडौ, चैत १३
कृषि कर्जा अन्र्तगत ४७ अर्ब १६ करोड रुपैयाँ बक्यौता देखिएको छ । राष्ट्र बैकका अनुसार २०७६ माघ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २२ हजार दुुई सय २४ ऋणीको ४७ अर्ब १६ करोड कर्जा बक्यौता देखिएको हो । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत तीन हजार सात सय ८० ऋणीको दुुई अर्ब ३१ करोड कर्जा बक्यौता देखिएको राष्ट्र बैंकले जनाएको छ ।
उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ माघ मसान्तमा २१ अर्ब १९ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब १७ करोड र निर्यात पुर्नकर्जा एक अर्ब ३८ करोड उपयोग भएको छ ।
राष्ट्र बैंकका अनुसार भुुकम्प पीडितलाई नेपाल राष्ट्र बैंकले सुरु गरेको सहुलियत पुर्नकर्जा हालसम्म १५ सय ९२ जनाले लिएकाछन । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको माघ मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ माघ मसान्तमा एक अर्ब ६५ करोड रहेको छ ।